दसैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला

काठमाडौँ, असोज  ९ गते । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा सो विषयमा सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असोज १२ गते शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भयो […]

दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान

काठमाडौँ, असोज ९ गते : यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए […]

एक करोड वृक्षरोपणको तयारी

बर्दीबास, असोज ९ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्व सामु ठुलो चुनौतीका रूपमा देखापरेको जलवायु सङ्कटले नयाँ र गम्भीर चुनौती थपिँदै गएको बताउनुभएको छ । उहाँले यसको दुष्प्रभावका प्रत्यक्ष असर स्थानीय तहमा पनि देखा पर्न थालेकाले जलवायु सङ्कट न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सामुदायिक विकास तथा […]

दसैँतिहारमा खाद्यान्न अभाव नहुने

मार्तडी, असोज ९ गते : बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने भएको हो । कम्पनीले आइतबारबाट सहुलियत छुट मूल्यमा चामल बिक्रीवितरण गर्न […]

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबिच बेइजिङमा भेटर्वार्ता

बेइजिङ, असोज ९ गते : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ […]

कृषि पर्यटक बढाउन ‘स्याउ टिप्ने–खाने’ मेला

म्याग्दी, असोज ८ गते : हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । गएको मङ्गलबारदेखि सुरु भएको सो मेला जारी छ । एक हप्तासम्म सञ्चालन हुने सो मेलामा आगन्तुकको चाप बढेकाले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको […]

लगानी खोजेर सहर बनाउने योजना

देउखुरी, असोज ८ गते : लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको छ । एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमुना सहर निर्माणका लागि लगानीको खोजी सुरु गरेको हो । पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको हो । प्रदेश सरकारको बजेटले राजधानी […]

कृषि क्षेत्रको आधुनिकीकरण आवश्यक

बर्दीबास, असोज ८ गते : मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन क्षेत्रीले सबैभन्दा बढी उर्वर क्षेत्र रहेको मधेश प्रदेशको कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले मधेश प्रदेशको कृषि क्षेत्रलाई उन्नत र आधुनिक बनाउन सकियो भने यहाँको उत्पादनले मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । मन्त्री क्षेत्रीले मधेश प्रदेशको भूमि व्यवस्था, […]

गण्डकी प्रदेशको संसद अधिवेशन अन्त्य

लेखनाथ, असोज ८ गते : गण्डकी प्रदेशसभाको छैटौं अधिवशेन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गर्नुभएको हो । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा […]

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

नवलपरासी,  असोज ८ गते :  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।  निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल