alliance khabar

शनिबार, मंसिर २९, २०८१

नारायणगढ, मङ्सिर २९ गते :  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर मात्रै विकास योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।

भरतपुर विमान स्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विकास निर्माणकै काम देखिने काम भएकाले यसमा लाग्नुपर्ने बताउनुभयो ।

“विकास निर्माणको काम एक हप्ता एक महिनामा देखिने काम होइन । यो संरचना बनाउन समय लाग्छ । विधि प्रक्रिया अपनाउनु पर्ने भएकाले जथाभावि रुपमा बनाउन भएन । नियोजित तवरले विधि प्रकृया पूरा गरेर प्रथामिकताको आधारमा विशेष संरचनाहरु बनाउनुपर्छ’’, उहाँले भन्नुभयो ।

उहाँले धेरै समय अघिदेखि बन्दै आएको तर सञ्चालनमा नआएका विकाश संरचनाहरु अहिले सञ्चालन गरिएको जानकारी पनि दिनुभयो ।

संसदका ठुला दल कांग्रेस र नेकपा (एमाले) बिचमा भएको सत्ता समझदारीमा  कार्यन्वन गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी संसदको ठुला दलहरु बिचको समझदारीअन्तर्गत अघि बढ्छौं’’, उहाँले भन्नुभयो, “सरकार परिवर्तनको सम्भावना छैन ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल