रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो

काठमाडौं, असोज १२ गते:  सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन । सडक अवरद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयबासी  हरिकृष्ण श्रेष्ठले दिनु भएको छ ।

२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे

काठमाडौं, असोज १२ गते : सिन्धुली  जिल्लीकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् । सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा […]

नख्खु खोलाले चारजना बगाउँदा वेपत्ता

ललितपुर, असोज १२ गते : ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार, वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन् । नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई सशस्त्र प्रहरीले […]

सार्वजनिक जमिनका संरचना भत्काइँदै

चितवन, असोज १० गते : भरतपुर महानगरले महानगरको मुख्य बजार क्षेत्रबाट बग्ने पुँगीखोला सिमानामा परेका संरचना हटाउन सुरु गरेको छ । बुधबार बिहान भरतपुर–१ र २ को सीमामा रहेको लायन्स भवनबाट उक्त अभियानको सुरुवात गरिएको हो । पाँचतले उक्त भवनकै नामबाट पूर्वपश्चिम राजमार्गको उक्त चोकको नाम लायन्स चोक रहन गएको थियो । २०४७/४८ सालतिर निर्माण सुरु गरी २०५१ सालमा […]

सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

धनगढी, असोज १० गते : मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा भीषण वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । सरकारले विपत्मा खटिने सबै मन्त्रालय, सबै जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह तथा सबै सरोकारवाला […]

किशोरी गर्भवती घट्दै

तानसेन, असोज १० गते : पाल्पामा किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा गर्भवती हुने किशोरीको सङ्ख्या घट्दै गएको हो । जिल्लाको १० वटै स्थानीय तहमा किशोरी गर्भवती हुनेहरू घट्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तीन वर्षअघि १० स्थानीय तहमा ६९९ जना किशोरी गर्भवती भएकोमा आर्थिक वर्ष २०८०/८१ मा घटेर ४१० मात्र […]

नियमित सरसफाइ अभियान

सिद्धार्थनगर, असोज १० गते : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो । उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने […]

सञ्चालन नहुँदै जीर्ण बन्यो विश्वविद्यालयको रेडियो

सुर्खेत, असोज १० गते : मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष २०७३/७४ बाटै स्थापनाको तयारी भए पनि अहिलेसम्म सञ्चालन भएको छैन । बनाइएका संरचना जीर्ण हुनुका साथै रेडियो टावर, अन्य सामग्री, उपकरण प्रयोगमा नआईकनै खिया लाग्न थालिसकेका छन् । अहिले टावर ढल्किएको […]

‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

खोटाङ,  असोज १० गते :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण  अलपत्र परेको हो । प्रदेश […]

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका),  असोज १० गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण  भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल