alliance khabar

बुधबार, पौष १७, २०८१

काठमाडौँ, पुस १७ गते।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो पार्टी एकताका सन्दर्भमा छलफल भएको जनाइएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “माधव नेपाल र म एकजुट हुने भइसक्या छ।”

सञ्चारकर्मीको जिज्ञासामा उहाँले डा.भीम रावलका सम्बन्धमा भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। उहाँहरुबिच समझदारी विकास गर्ने छलफल भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “समझदारी विकास गर्ने भन्ने भयो। त्यो सानो कसी न हो, त्यसलाई खोल्ने बित्तिकै, जुन दिन निर्णय हुन्छ, हामी त्यसै दिन यसरी भयो भनेर बताउँछौँ। अब तपाईहरुले धेरै समय कुर्नु नपर्ला।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल