हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित

हुम्ला, चैत ४ गते : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( एचपिभी ) सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा […]

पानी माग्दै किसानले गरे नदीमा पूजा

ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् । इन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वासहित आठराई त्रिबेणी गाउँपालिका –२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् । तमोर नदी र काबेली […]

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानको सम्झौता

काठमाडौँ, चैत ३ गते। आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले […]

मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौँ, चैत ३ गते ।  नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई […]

गण्डकी खेलकुदको राजधानी बन्न सक्छ: सञ्चारमन्त्री गुरुङ

कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब […]

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर,  चैत ३ गते ।  शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो । पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलुखेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग पर्नुभएको छ । “आलुसम्बन्धी […]

हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु

हेटौँडा, चैत २ गते  । मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पु-याएको थियो । थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले असिनापानीसहित आएको हावाहुरीले पालिकाका विभिन्न वडामा स्थानीयको घरगोठ र तरकारीबालीमा क्षति पु-याएको लगत विवरण […]

होली खेल्ने क्रममा छुरा प्रहार, एक युवकको मृत्यु

जनकपुरधाम, चैत ३ गते ।  जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ । शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिवार साँझ होली […]

‘शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनु पर्छ’

पोखरा, चैत ३ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित र सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेको भन्दै देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकले […]

अहिले लोडसेडिङ हुँदैन समस्या अप्रिलदेखि : प्राधिकरण

काठमाडौँ, चैत ३ गते । भारतले आइतबार (आज) देखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतले मार्च १६ तारिखदेखि नेपालमा दिउँसोको समय (सोलार आवर) अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र इन्डियन इनर्जी एक्सचेन्जमार्फत विद्युत् उपलब्ध गराउने र अन्य समयमा विद्युत् […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ