alliance khabar

आइतबार, चैत्र ०३, २०८१

जनकपुरधाम, चैत ३ गते ।

 जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।

शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिवार साँझ होली खेल्ने क्रममा विवाद हुँदा लक्ष्मण महतोका छोरा धर्मेन्द्रले पप्पु यादवका छोरा आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरी कार्यालय धनुषाले मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाम मै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइए पनि जनकपुरधाममा भने शनिवार मात्र होली मनाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल