alliance khabar

आइतबार, चैत्र ०३, २०८१

पोखरा, चैत ३ गते ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित र सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेको भन्दै देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकले अवकाशपछि पनि सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालको शैक्षिक उन्नयनमा सेवानिवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । हामीसँग भएका अवकाश प्राप्त विज्ञ शिक्षकका अनुभव र ज्ञानलाई सरकारका तिनै तहले सदुपयोग गरेर राष्ट्रहितमा उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।”

उहाँले भन्नुभयो, “प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तरार्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवानिवृत्त शिक्षकले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पुर्‍याएको योगदानप्रति गर्व गर्न सक्ने अवस्था निर्माण गर्नुपर्ने छ ।”

प्रदेश प्रमुख भट्टले सेवानिवृत्त शिक्षकले निजामती कर्मचारी सरह सेवा सुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी सङ्घीय सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायको पनि प्रमुख भूमिका रहने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल