alliance khabar

बुधबार, साउन ०६, २०८३

बाजुरा, साउन ६ गते ।

साउन लागेसँगै बिरेखोला झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने थालेको छ । असारको रोपाइँ सकेर फुर्सदिला भएका यहाँका स्थानीय बिरेखोला झरनामा रमाउन पुग्न थालेका हुन् ।

बडीमालिका नगरपालिका–६ र ८ को बिचमा रहेको यो झरना बाजुरा सदरमुकाम मार्तडीदेखि करिब सात किलोमिटरको दुरीमा पर्छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बिरेखोला सडकको करिब तीन सय मिटरको दुरीमा रहेको यो झरना आफैँमा निकै मनमोहक छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो झरनाको संरक्षण तथा प्रवर्धनमा सरकारको खासै ध्यान नदिएको बिरेखोलाका स्थानीय व्यापारी अने साउँदले बताउनुहुन्छ  ।

उहाँले भन्नुहुन्छ, “जिल्ला सदरमुकाम मार्तडी जाने बिचबाटोमै पर्ने यो झरना साँफे–मार्तडी राजमार्गनजिक रहेकाले यहाँ आउने जोकोहीले पनि गाडी रोकेर फोटो खिच्ने र त्यसैमा रमाउने गर्छन् ।”

यसको माथिबाट बग्ने पानीको फोहोराले गर्मीयाममा निकै शीतलता प्रदान गर्छ । बर्खामासमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल हुने गर्छ । बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्का यस स्थानलाई थप व्यवस्थित गर्न सकेमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुहुन्छ ।

उहाँका अनुसार पालिकाको एक/दुई लाख रुपियाँको लगानीमा त्यहाँ जाने बाटोसम्म बनेको छ । रकम अभावकै कारण अहिले यसको खासै संरक्षण तथा प्रवर्धन गर्न नसकिएको वडाध्यक्ष खड्काको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल