हेटौँडा, असोज २६ गते । मुलुक सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि बागमती प्रदेश सरकारले आवश्यकताअनुसारको कानुन निर्माण अझै गर्न सकेको छैन । तत्कालिन मुख्यन्यायाधिवक्ता ओमप्रसाद थपलियाको उपसंयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिवसहितको गठन भएको कानुन मस्यौदा समितिले कार्यविस्तृतीकरणका आधारमा प्रदेशमा ८२ वटामूल कानुन बनाउनुपर्ने सुझावसहितको प्रतिवेदन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएको थियो । जसमध्ये हालसम्म आठ […]
नेपालगन्ज, असोज २६ गते । पछिल्लो समयमा आएर बाँकेमा कालिजको माग बढ्दै जाँदा कालिजपालनमा लागेका किसान उत्साहित बनेका छन् । माग पूरा गर्न उनिहरुलाई भ्याइनभ्याई छ । जाडोको मौसममा कालिजको माग झनै बढ्ने भएकोले उत्पादन दोब्बर वृद्धि गरेको उनीहरुको भनाइ छ । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका तुला बुढा कालिज पालन व्यवसायमा सफल उदाहरण बन्नुभएको छ […]
भोजपुर, असोज २६ गते । विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ । रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुनुहुन्छ । करिब १० वर्ष विदेशमा बिताउनुभएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारी खेतीमा […]
काठमाडौं, असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज काठमाडौंको सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग र पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत भ्रमण गरिरहनुभएको छ । मन्त्री खरेलका प्रमुख स्वकीय सचिव उद्धव भट्टराईका अनुसार मन्त्री खरेल स्थलगत भ्रमणका लागि सञ्चारग्राम परिसर पुगिसक्नुभएको छ । उहाँले बिहान १० बजे प्रेस […]
पशुपतिनगर(इलाम), असोज २६ गते । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानै देखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाई सकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई […]
नवलपरासी पश्चिम, असोज २६ गते । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाले गाउँपालिका र गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा रहेका अस्थायी, करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुको नियुक्ति र करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको यही असोज २४ गते बसेको बैठकले नेपाल सरकारको ताजा निर्णय कार्यान्वयन गर्दै आगामी २०८२ कात्तिक १ गतेदेखि लागू हुने […]
वीरगञ्ज (पर्सा), असोज२६ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु. २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त […]
रेसुङ्गा(गुल्मी), असोज, २६ गते । गुल्मीको टक्सार युनाइटेड वामीटक्सारको आयोजनामा सञ्चालन भएको प्रथम वामी फुटसल प्रतियोगीताको उपाधी बजार व्यवस्थापन समिति काँडेबास बागलुङले जितेको छ । प्रतियोगीताको उपबिजेता बाल संरक्षण मञ्च गल्कोट बाग्लुङ भएको आयोजकले जनाएको छ । विजेता र उपविजेताले क्रमशः ३० र २० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा […]
काठमाडौँ, असोज २६ गते । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो । प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत […]
काठमाडौँ, असोज २६ गते । महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा उहाँको जीवनयात्रा, चलचित्रसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका छन् […]