alliance khabar

शनिबार, मंसिर २७, २०८२

कञ्चनपुर, मङ्सिर २७ गते ।

 आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस  गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएको क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्यायले बताउनुभयो ।

यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट हुनुभएको छ । क्षेत्रीय सभापति उपाध्यायले पार्टी केन्द्रको निर्णयअनुसार उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाइएको बताउनुभयो ।

यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दल बहादुर बोहरा सिफारिस हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।

यसैगरी, समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस हुनुभएको छ । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिस हुनुभएको छ ।

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट भने १९ जना आकाङ्क्षी देखिएकाले अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको जनाइएको छ । जसका लागि शनिबार थप छलफल भइरहेको कांग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले बताउनुभयो ।

उहाँका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द आकाङ्क्षी देखिनुभएको छ ।

यसैगरी, प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर आकाङ्क्षी हुनुहुन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने १३ जना आकाङ्क्षी देखिएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति चन्दले बताउनुभयो । शनिबार साझँसम्म निक्र्याेल लगाएर उम्मेदवारहरु सिफासिर गरिने जिल्ला कार्यसमितिले जनाएको छ । सरकारको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल