प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

कञ्चनपुर,  कात्तिक १९ गते । शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ । व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो । शुक्लाफाँटा-९ का वडाध्यक्ष रमेशबहादुर […]

समाजशास्त्रको जननी वेद

स्नातकोत्तरपश्चात् पनि विवाहबन्धनमा नबाँधी बस्ने पुरुषलाई ब्रह्मचारी र स्त्रीलाई ब्रह्मचारिणी वा ब्रह्वादिनी भनिन्थ्यो । ब्रह्मचर्य आश्रम ब्रह्म प्राप्तिका लागि गर्नुपर्ने र सत्यको खोजी नै बह्मचर्य जीवनको मूल अभिप्राय रहन्थ्यो । वेदलाई सर्वप्राचीन शास्त्र मानिन्छ । वेदभित्र सङ्गृहीत भएका विभिन्न ऋचामा आश्रम व्यवस्थाको भाव छ । आश्रम व्यवस्था भन्नाले मानिसको समग्र जीवन अवधिलाई विभिन्न चरणमा विभाजन गरेर मानव जीवनमा गर्नुपर्ने […]

बालविवाह न्यूनीकरण गर्न सचेतना अभियानमा महोत्तरीका युवा

गौशाला (महोत्तरी), कार्तिक १९ गते ।  मधेशमा बालविवाह न्यूनीकरणका लागि महोत्तरीका युवाहरू सचेतना अभियान सुरु गरेका छन्। यही अभियान अन्तर्गत बर्दिबासमा मङ्गलवार साझा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन् । सिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरूले बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गर्दै गर्दा स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरू, अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायतको […]

शिविरमा १४ वटा हात्तीकाे उपचार गरिने

गुलरिया (बर्दिया) कार्तिक १९ गते । बर्दियामा आयोजित शिविरमा १४ वटा हात्तीकाे उपचार गरिने भएको छ । अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचार गरिएको हो । मङ्गलबारदेखि सञ्चालन भएको शिविर बुधवार साँझसम्म चल्नेछ । […]

मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

पर्वत,  कात्तिक १९ गते । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने  लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने […]

बसको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी,कात्तिक १९ गते ।  कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट घटनास्थलमै वृद्धाको ज्यान गएको छ । मृतक वृद्धा गोदावरी बस्ने दिलमाया श्रीस रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

सुलीकोट, कात्तिक १९ गते । केही दिनदेखि परेको हिमपातका कारण केही समय सुस्त बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मौसम खुलेसँगै पुन पर्यटकको चहलपहल बढ्न थालेको छ । हिउँ पग्लिएर पदमार्ग स्पष्ट रुपमा खुलेपछि आन्तरिक तथा बाह्रय पर्यटकहरू मनास्लु पदमार्ग हुँदै हिमाल नजिकका गाउँतिर पुग्ने क्रम तीब्र बन्दै गएको हो । मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका […]

नौलाख भन्दा बढीको सामान भन्सार बुझाइयो

कल्याणपुर (सप्तरी) कात्तिक १९ गते ।  जिल्ला प्रहरी कार्यालय सप्तरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी तथा मातहतका कार्यालयहरूले चोरी पैठारी गरी ल्याउँदै गरेको किराना तथा कपडालगायतका सामान नियन्त्रणमा लिई राजविराज भन्सार कार्यालयमा बुझाएको हो । भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएका नौ लाख ४२ […]

भेटियो विषालु रसेल भाइपर सर्प

धनगढी, कात्तिक १९ गते । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो । धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर […]

कागेश्वरी मनोहरा नगर अस्पतालले सार्वजनिक सुनुवाई गर्दै

काठमाडौं , कार्तिक १८ गते । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको अस्पतालले आगामी कात्तिक २४ गते राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल