यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ,  कात्तिक १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले विद्युतीय गाडीको प्रयोग बढिरहेको र […]

रोल्वालिङ हिमपहिरो अपडेट : पाँचको उद्धार, सात अझै बेपत्ता

दोलखा, कात्तिक १७ गते । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपहिरोबाट जोगिएका […]

१५ वर्षसम्म पनि बनेन लम्सुवाघाट पक्की पुल

भोजपुर, कात्तिक १८ गते ।  उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष […]

पन्ध्र शय्याको नगर अस्पतालमा दुई मेडिकल अधिकृत

बागलुङ, कात्तिक १८ गते । पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ । नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । अस्पताल […]

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, कात्तिक १८  गते । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष(२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको […]

आज गण्डकी परिक्रमा महोत्सव

दमौली (तनहुँ), कात्तिक १८ गते । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ । तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट […]

फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा

फुङलिङ, कात्तिक १८ गते ।  आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई  न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नुभएको हो । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै […]

करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु

तनहुँ, कात्तिक १८ गते । तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो । प्रनाउ बिकका अनुसार सोमबार राति करिब ११ बजेतिर सुयाल आफ्ना साथीसँग खोलामा माछा मार्ने […]

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

काठमाडौँ, कात्तिक १८ गते । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक […]

प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ, कात्तिक १७ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल