alliance khabar

शनिबार, माघ ०३, २०८२

काठमाडौँ, माघ ३ गते ।

बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटेको छ । अब बैङ्क तथा वित्तीय संस्थाले निष्क्रिय कर्जामा वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित भएपछि तीन महिनापछि नै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति गर्न पाउने भएका छन् ।

भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि त्यस्तो कर्जालाई छ महिनासम्म सूक्ष्म निगरानीमा राख्नुपर्ने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइने यसअघिको  व्यवस्थालाई हटाइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका लागि शुक्रबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशन अनुसार कमसल, शङ्कास्पद तथा खराब कर्जामा वर्गीकृत कर्जालाई भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित असुली भएको तीन महिनासम्म सोही वर्गमै राखी सोही अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ ।

तीन महिनाको अवधि पूरा भएपछि त्यस्तो कर्जा स्तरोन्नति हुने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

साथै आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैङ्कले काउन्टर साइक्लिकल बफरबापत कायम गर्नुपर्ने कर्जा नोक्सानी शून्य प्रतिशत रहने व्यवस्था पनि गरेको राष्ट्र बैङ्कले जारी गरेको निर्देशनमा छ ।

लघुवित्त कोष सहयोगमै खर्च गर्नुपर्ने

लघुवित्तका लागि छुट्टै निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले कोषको रकम दैवीप्रकोप÷दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकको शिक्षा र क्षमता विकास एवं ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको  हो ।

यस्तै सर्वसाधारणबाट निक्षेप परिचालन नगर्ने लघुवित्तले अघिल्लो महिनाको कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्तिको व्यवस्था गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल