काठमाडौँ, कात्तिक २६ गते । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको विवरण यथाशीघ्र सङ्कलन गरी मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । उक्त प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएकाको यकिन पहिचान गरी सहज उपचार, राहत तथा पुनस्र्थापना गर्ने उद्देश्यले गृह मन्त्रालयले जेनजी […]
काठमाडौँ, कात्तिक २६ गते । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय […]
नारायणगढ, कात्तिक २६ गते । जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा कृषि एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं.को कृषि एम्वुलेन्सका रुपमा सञ्चालन गरिरहेको हपनी कृषिको बलेरो मङ्गलबार साँझ ६ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय […]
काठमाडौँ, कात्तिक २६ गते । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च […]
काठेखोला (बागलुङ), कात्तिक २६ गते । मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ । महायज्ञको पाँचौँ दिन मङ्गलबार एक करोड एक लाख ९६ हजार रुपियाँ दान सङ्कलन गरिएको हो । महायज्ञमा दाताहरूले न्यूनतम रकम पाँच हजारदेखि पाँच लाखसम्म दान गरेका छन् । […]
काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]
तम्घास(गुल्मी), कात्तिक २६ गते । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा नम्बर २ को माथिल्लो कोट वस्तीका लागि एक घर एक धारा विपनामा नभई सपनामा मात्रै सीमित […]
काठमाडौँ, कात्तिक २६ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ, कात्तिक २६ गते । कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ । परीक्षण भने थोरैको मात्रै हुने गरेको छ । अहिले किसानले प्रयोग गर्दै आएका १६९ विभिन्न विषादीमध्ये १५० प्रकारका विषादी परीक्षण भएको […]
काठमाडौँ, कात्तिक २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन […]