alliance khabar

बिहिबार, माघ १५, २०८२

दाङ, माघ १५ गते ।

दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो।

गाउँको साँस्कृतिक, सामाजिक, न्यायिक तथा विकास निर्माणको काममा अग्रणी भूमिका खेल्दैआएको मटाँवालाई थारू समुदायमा हरेक वर्ष माघ पर्वको अवसरमा मटाँवा चयन गर्ने गरिन्छ । यही क्रममा उहाँ यस वर्ष पुनः मटाँवामा चयन हुनुभएको हो ।

उहाँलाई पुनः मटाँवामा चयन गरेको सोही गाउँका इन्दिरा चौधरीले बताउनुभयो । “यस पटक पनि गाउँलेले उहाँलाई नै मटावाँ बनाउने भनेपछि सर्वसम्मतले उहाँलाई हामीले मटावाँमा चयन गरेको हौं” उहाँले भन्नुभयो ।

चन्द्रप्रसाद २०३५ को माघमा पहिलो पटक मटाँवा बन्नुभएको थियो। त्यसयता निरन्तर मटावाँ बन्दैआएको चन्द्रप्रसाद अहिले ७८ वर्ष पुग्नुभएको छ । “हरेक वर्षको माघमा मटाँवा चयनका लागि हाम्रो घरमा माघी डेवानी बस्छ” चन्द्रप्रसादले भन्नुभयो, “त्यही माघी डेवानीमा गाउँले यो वर्ष पनि मटाँवा चलाइदिनु पर्‍यो भन्दाभन्दै ४७ वर्ष पुग्न थाल्यो ।”

उसो त जलौरा गाउँमा झन्डै एक शताब्दीदेखि उहाँकै परिवारले नै नेतृत्व गर्दैआएको छ। २०३५ सालअघि उहाँका बुबा रूपलाल मटाँवा हुनुहुन्थ्यो। त्योभन्दा पहिला उहाँको बाजे मटाँवा हुनुहुन्थ्यो । “अहिलेसम्म मेरो बुबा, हजुरबुबाको बिंडो मैले थाम्दैआएको छु” उहाँले भन्नुभयो “मपछि कसले थाम्ने हो, त्यो चिन्ता छ।”

उमेरका कारण यस बर्ष मटाँवा हुने इच्छा थिएन, उहाँले भन्नुभयो, “गाउँकाले मान्नु भएन, सबैले तपाईले नभए को हुन्छ भनेपछि सम्हाले ।” मटाँवा नहुँदा थारू समुदायको पहिचान र संस्कृति नै हराउने हो कि भन्ने चिन्ताले पनि नेतृत्व गरेको उहाँको भनाइ छ। चन्द्रप्रसाद थारू संस्कृतिका ज्ञाता पनि मानिनुहुन्छ ।

बर्का नाचको संरक्षक समेत रहनुभएको चन्द्रप्रसादका दर्जन बढी थारू कला, संस्कृतिसम्वन्धि विविध पुस्तक लेख्नुभएको छ ।

थारू गाउँमा अहिले मटाँवा, बरघर, भल्मन्सा चुन्नेक्रम जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल