काठमाडौँ, असार १ गते ।
मोर्डन इन्डियन स्कुलको आयोजनामा एमआइएस कप–२०२६ अन्तरविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिता सोमबारदेखि आयोजना हुने छ ।
चार दिने सो खेलकुद मेलामा क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसका प्रतियोगिता समावेश गरिएको छ । जसमा १२ विद्यालयका छ सयभन्दा बढी विद्यार्थीले भाग लिने छन् । एक दशकभन्दा बढी समयदेखि निरन्तर आयोजना हुँदै आएको एमआइएस कप विद्यालय खेलकुदमा प्रतिष्ठित नाम हो ।
आयोजक विद्यालयका प्रिन्सिपल एमआइएस कर्नल (सेवानिवृत्त) राजु पिटरले भन्नुभयो, “विगत १४ वर्षदेखि मोर्डन इन्डियन स्कुलले प्रतियोगिता आयोजना गर्दै आएको छ । यसको उद्देश्य विद्यालयबिच अन्तव्रिर्mया हुनुका साथै विद्यार्थीलाई प्रतिस्पर्धा र उत्कृष्टता हासिल गर्न मञ्च प्रदान गर्न हो ।”