काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले […]
काठमाडौँ, ८ पुस ः प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको […]
वीरगञ्ज (पर्सा), ८ पुस : यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा […]
काठमाडौँ, ६ पुस : प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो । बागमती लागि यशोदा विष्टले सर्वाधिक ४१ […]
काठमाडौँ, १९ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ […]
काठमाडौँ, १८ असोज: १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक […]
हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदै छ । मङ्गोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङ्गोलियालाई एसोसिएट टोलीको मान्यता […]
हाङझाउ (चीन), ९ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल […]
कास्की, २५ भदौ : पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । […]
काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा […]