लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

भोजपुर,  कात्तिक ९ गते । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक […]

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ, कात्तिक ८ गते ।  सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न […]

आइसीसी विश्वकप लिग–२ : आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, कात्तिक ८ गते।  आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई  हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने  टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग–२ अन्तर्गत […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कात्तिक ८ गते ।  नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड […]

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ, कात्तिक ५  गते । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको  रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ । चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय […]

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ, कात्तिक ३  गते ।   ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर […]

नर्भिक अस्पतालले नर्सको तलब बढायो

काठमाडौँ, कात्तिक २ गते ।  नर्भिक इन्टरनेसनल अस्पतालले  नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार  कायम गरेको छ । नर्भिक अस्पतालका […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,   कात्तिक २ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५३, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६२, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ६५, आलु रातो (भारतीय) […]

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ,  कात्तिक २ गते ।   मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) […]

थप ५० वटा रुग्ण सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौँ, कात्तिक  २ गते ।  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल