काठमाडौँ, चैत २ गते । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो। परिषदकाे उक्त निर्णयको विरुद्ध प्राडा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको […]
काठमाडौँ, फागुन ३० गते । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण […]
काठमाडौँ, फागुन २९ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो । “नेपालको मासिक खपत ४५-४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म […]
पश्चिम नवलपरासी, फागुन २८ गते । कुनै समय अन्नको भण्डार मानिने पश्चिम नवलपरासीमा अचेल खेतबारीहरू बाँझै देखिन थालेका छन्। एकातिर युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ भने अर्कोतिर खेतीपाती गरिरहेका किसानहरू पनि समयमा मल, बीउ र सिँचाइ नपाउँदा निरुत्साहित बन्दै गएका छन्। जिल्लाको भू–उपयोगको तथ्याङ्क हेर्ने हो भने यहाँको कृषि क्षेत्र निकै […]
सिँजा (जुम्ला), फागुन २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी […]
कञ्चनपुर, फागुन २८ गते । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको […]
काठमाडौँ, फागुन २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) […]
काठमाडौँ, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको नेपालको सेयर बजारमा ऐतिहासिक उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै लगातार तीन पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर २९ सयको नजिक पुगेपछि सोमबारका लागि कारोबार बन्द गरिएको छ । करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिँदा नेप्से परिसूचक छ प्रतिशतले […]
झापा , फागुन २५ गते। झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । […]
काठमाडौँ , फागुन २५ गते । आज नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा बजारको पसिूचकमा उच्च वृद्धि भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शेयर बजारका लागानीकर्ताहरु उत्साहित हुँदा बजारको कारोबारमा उच्च वृद्धि भएको र लगानकिर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ […]