काठमाडौँ, वैशाख २७ गते ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत तिलकजंग बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
तेस्रो केन्द्रीय अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णुप्रसाद खनाल (गोरखापत्र संस्थान), उपाध्यक्षहरू कपिल प्रसाद पन्त (नेपाल टेलिकम), करण भण्डारी (नेपाल टेलिकम), र अभिमन्यु खड्गी (डीडीसी) चयन हुनुभएको छ ।
त्यसैगरी, महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम), सचिवहरू प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (रासस), सुजना पौडेल (नेपाल टेलिकम) र कोषाध्यक्षमा नन्दुकुमार तन्दुकार (केयुकेएल) चयन हुनुभएको छ । त्यस्तै, अधिवेशनबाट सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे, निर्मला आचार्य, दलबहादुर बिक चयन हुनुभएको छ ।