alliance khabar

सोमबार, बैशाख २२, २०८२

काठमाडौँ, वैशाख २२ गते ।

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उहाँहरूलाई आइतबार नियुक्त गरेको हो ।

पेसाले चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुनुहुन्छ । आचार्य सार्वजनिक नीति र पूर्वाधारविज्ञ हुनुहुन्छ । उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति सिफारिस समितिको सिफारिसका आधारमा गरिएको हो । विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ । सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारलाई सङ्क्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल