alliance khabar

सोमबार, बैशाख २२, २०८२

काठमाडौँ, वैशाख २२ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले बैतडीको झुलाघाटबाट जेठ २ गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सचिव देवन्द्र पौडेलले भन्नुभयो, “पहिलो खण्ड बैतडीबाट कास्कीको पोखरासम्म अभियान चल्ने छ । त्यसपछि पोखराबाट ताप्लेजुङ पुगेर अभियान समापन हुने छ । कुन दिन कहाँ आमसभा, भेला, भेटघाट गर्ने विस्तृत योजना टुङ्गो लाग्न बाँकी छ ।” जनताको व्यापक सहभागितामा कार्यकर्ता भेटघाट, सभा, सम्मेलन, भेला, प्रशिक्षण, सङ्गठन परिचालनलगायतका कार्य हुने उहाँले बताउनुभयो । माओवादीले सरकारले गरेका नराम्रा कार्य जनतामा प्रचार गरेर भण्डाफोर गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल