लागु औषधसहित तीन युवक पक्राउ

सर्लाही, जेठ २३ गते ।  सर्लाही सदरमुकाम मलङ्गवाबाट ठुलो परिमाणमा लागु औषधसहित तीन युवक पक्राउ परेका छन् । लागु औषध ‘नाइट्राभेट–टेन’ लेखिएको ८९ पत्ता (दुई हजार ६७० चक्की) सहित मलङ्गवा नगरपालिका–१०, का २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षकै मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२, औरहीका १८ वर्षीय पङ्कजकुमार राउत पक्राउ परेका हुन् । उनीहरुलाई […]

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी,  जेठ २१ गते । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड  पुष्टि हुनेमा  दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड […]

नेत्र विशेषज्ञ डा. रुइत रालेमा

राले (अमेरिका), जेठ १९ गते ।  विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देश, देशको माटो र देशका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्यौँ भने नेपालले फड्को मार्ने बताउनुभयो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आइतबार डा. रुइतको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रमपछि यस सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै डा. रुइतले सो कुरा गर्नुभएको हो । […]

सत्तरी हजार परिवारको स्वास्थ्य प्रोफाइल तयार

नेपालगन्ज, जेठ १९ गते । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्रममा हालसम्म जिल्लामा करिब ७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिसकिएको छ । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरेर स्वास्थ्य […]

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

चितवन,  जेठ १२ गते । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया […]

स्वास्थ्यजन्य फोहोरको सङ्क्रमण, सरसफाइकर्मी निकै जोखिममा

नेपालगन्ज, जेठ ११ गते ।  नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् । बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरको […]

अपाङ्गता भएकालाई भारतमा लगेर कृत्रिम अङ्ग

खजुरा, जेठ ९ गते । कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो । महिला विकास निरीक्षक तथा अपाङ्गता भएका […]

हिमाली क्षेत्रमा भेटिए औलोका बिरामी

सुर्खेत, जेठ ९ गते ।  हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएको कार्यालयका कीटजन्य रोगसम्बन्धी व्यक्ति रवीन्द्र देवकोटाले बताउनुभयो । औलोका […]

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जेठ ७ गते । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै  औषधि पनि वितरण गरिएको छ । अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका […]

मिर्गाैला प्रत्यारोपी सर्वोच्च शिखरमा

काठमाडौँ, जेठ ४ गते । मिर्गौला प्रत्यारोपण गर्नुभएका सोलुखुम्बुका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि सगरमाथा चढ्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको छ । सगरमाथाको सफलतापूर्वक आरोहण गरी फर्किनुभएका शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ । उहाँलाई स्वागत गर्न अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । शेर्पाले बुधबार बिहान ९ बजेर ३० […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल