पुरुष यौनाङ्गको क्यान्सर

पुरुष यौनाङ्गको छाला वा तन्तुका कोष असामान्य वृद्धि भएर यौनाङ्गको क्यान्सर लाग्छ । प्रभावित पुरुषले सुरुमा आफ्नो यौनाङ्गमा गिर्खा पलाउने, घाउ (अल्सर) आउने, रगत मिश्रित स्राव एवं गनाउने स्राव बग्ने जस्ता लक्षण देखिन्छ । कतिपय अवस्थामा बोसो बढेर मासु पलाएको भन्ठानेर गलत उपचार गराइरहेको हुन्छ तर त्यो यस्तो क्यान्सर हुन्छ । कति छ समस्या त्यसो त यो क्यान्सर […]

बढ्यो वायु प्रदूषण

काठमाडौँ, माघ १२ गते । देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ । सुदूरपश्चिम र कर्णालीका केही भेगमा बदली र वर्षाको प्रणालीले वातावरण धुमिल बनाएको छ । मध्य नेपालको पहाडी भेगमा दुई दिनयता तापक्रम ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोको मात्रा बढेकाले धुम्म आकाश […]

तीन लाख बालिकालाई क्यान्सरविरुद्ध खोप

भैरहवा, माघ ४ गते ।  लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई […]

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुर, माघ  १ गते :  जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय […]

बिरामी प्रेषण निर्देशिका जारी,

काठमाडौं, पुस २८ गते । स्वास्थ्य मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा जीवनरक्षाका लागि तत्काल नजिकको अर्को अस्पतालमा प्रेषण गर्ने व्यवस्था सुनिश्चित गर्न नयाँ बिरामी प्रेषण(रेफरल) निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा पुर्‍याउन प्रक्रिया सरल र सुरक्षित बनाउने उद्देश्य राखेको छ। यसले अस्पतालहरूमा परीक्षणको दोहोर्‍याई कम गर्ने […]

फोहोरले सदरमुकाम दुर्गन्धित

जाजरकोट, पुस २७ गते । जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो । भेरी नगरपालिकाको सदरमुकामभित्रको फोहोर सङ्कलन गरे पनि एक महिनामा एक पटक फोहोर उठाउन आउने गरेकाले घर, भान्सा, पसलबाट निस्केको फोहोर जथाभाबी फाल्दा दुर्गन्ध बढेको हो । व्यापार व्यवसाय गर्दै […]

काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा

बुटवल, पुस २७ गते । राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । राजस्व छलेर काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको लु. प्र. ३००१ ख ०११४ नम्बरको गाडीबाट ३१ लाख रुपियाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । उक्त चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी […]

अपाङ्गता भएकालाई घरमै परिचयपत्र

प्युठान, पुस २६ गते । जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितको टोलीले घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको हो । उनीहरु हिड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको […]

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ, पुस २४ गते: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो। कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरण नगरी सञ्चालनमा आएको उजुरीपछि […]

खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक

फिदिम, पुस २१ गते : जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ