कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं, पुस ५ गते : चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले यसअघि नै […]

आँखाको नानी प्रत्यारोपण

नेपालगन्ज, पुस ४ गते : नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिनाअघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताउनु भयो । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको […]

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

पोर्ट–ओ–प्रिन्स (हाइटी), पुस ३ गते : हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट […]

चार लाख ६० हजार एचपीभी खोप नेपाल आइपुग्यो

काठमाडौं, पुस ३ गते : किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० […]

‘दीर्घरोगीले मर्निङवाक गर्नु घातक हुन्छ’

काठमाडौं, पुस ३ गते : चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई जाडोमा मुटुरोगको समस्याले अन्य बेलाको […]

रगत अभाव टार्न रक्तदान

नेपालगन्ज, मंसिर ३० गते : जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार […]

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौं, मङ्सिर ३० गते : राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा […]

बाँकेमा १२ सयभन्दा बढीको कानकाे निःशुल्क उपचार

नेपालगन्ज, मङ्सिर २७ गते : बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय एवम् आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर […]

डायलासिस सेवा सुरु

डडेलधुरा, मङ्सिर २६ गते : सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो । अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्रविक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ । भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक […]

स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

काठमाडौँ, मङ्सिर २४ ते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो । यसको लागि  मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल