बाँकेमा औलो रोगको जोखिम कायमै

खजुरा, भदौ २६ गते : बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो  । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार […]

नारायणी अस्पतालबाट क्यान्सर रोगको उपचार सुरु

वीरगञ्ज, भदौ २५ गते। पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ। नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार […]

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी, भदौ २५ गते : गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण […]

रुघाखोकीलाई सामान्य लिनु हुन्न

बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको तीव्र औद्योगिकीकरणका कारण विश्वसहित नेपालको वातावरण पनि दिनप्रतिदिन खराब बन्दै गएको छ । तीव्र औद्योगिकीकरणले गर्दा जलवायु परिवर्तनको असरसमेत बढ्न थालेको छ । विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसममा समेत असर पुग्न गएको छ । […]

जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने

काठमाडौं, भदौ २५ गते : नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मत्यु हुनेको संख्या छ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलालीस चितवन र सुनसरी गरी चार जिल्लाबाट  छ जना जापानिज इन्सेफलाइटिस सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । डा.बुढाथोकीका अनुसार विभिन्न जिल्लाबाट ६७५ जना जापानिज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि […]

निःशुल्क वितरण हुने औषधी अभाव

म्याग्दी (बेनी), भदौ २४ गते : म्याग्दीको बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधी अभाव भएको छ । अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधी वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधी मात्र उपलब्ध छन् । जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्ने सरकारको नीति भए पनि धेरै औषधी उपलब्ध छैनन् । निःशुल्क वितरण हुने औषधी अभाव हुँदा बिरामीलाई समस्या […]

सञ्चालन भएन विषादी परीक्षण केन्द्र

वालिङ, भदौ २१ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रदेशको सिमानामा सात वर्षअगाडि विषादी परीक्षण केन्द्र खोलिएको थियो । गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले कर्मचारीको अभावमा सात वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन नसकेको बताउनुभयो । आफूहरू निर्वाचित भएपछि […]

सारु कान्छाबाट एक सय सर्पको उद्धार

बुटवल, भदौ २१ गते । रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ । सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको […]

बालबालिकामा हुने क्यान्सर

अति विकसित मुलुकमा बालबालिकामा लाग्ने क्यान्सरमध्ये करिब ८० प्रतिशतको सफलतापूर्वक उपचार सम्भव हुन्छ । अत्याधुनिक औषधोपचार र प्रभावित व्यक्तिको उच्चस्तरीय स्याहारसुसारका कारण पनि यो सम्भव भएको भन्न सकिन्छ तर विडम्बना संसारभरिका क्यान्सर ग्रसित बालबालिकामध्ये केवल १० प्रतिशत मात्र ती देशमा छन् । अर्थात् बहुसङ्ख्यक यस्ता बिरामी विकासोन्मुख वा विकासशील देशमा छन् । सबै प्रकारका क्यान्सरबाट प्रताडित व्यक्ति (बालबालिका […]

प्रदेश अस्पताल सुर्खेतमै क्यान्सर उपचार सेवा

सुर्खेत, भदौ १९ गते : प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । सङ्घीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो । मङ्गलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल