टीकापुर, असोज १४ गते : कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो । भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि […]
मुगु, असोज १२ गते : मुगुका अधिकांश महिलामा पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको छ । जिल्ला अस्पताल मुगुको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा […]
नवलपरासी, असोज ८ गते : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना […]
नेपालगन्ज, असोज ४ गते : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको हो । उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य […]
पेरिस, असोज ४ गते : अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधीहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधी निर्माताहरूको ती औषधीको पक्षधर समूहको दाबी रहेको छ तर आलोचकहरूको लागि, तिनीहरू महङ्गा असफलताहरूको लामो लाइनपछि […]
बैतडी, असोज २ गते : उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) […]
पर्वत, भदौ २९ गते : गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पर्वत जिल्ला अस्पतालका अनुसार बिहिबार रातीसम्म ५ सय ९७ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । ‘अस्पतालको सम्पर्कमा पुगेकाहरुको रेकर्डका आधारमा मात्रै यो संख्या निकालिएको हो,’ पर्वत जिल्ला अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले भन्नुभयो, […]
फिदिम, भदौ २९ गते : पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको हाे । जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् […]
खजुरा, भदौ २७ गते : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । नेपालगन्ज मेडिकल शिक्षण अस्पताल नेपालगन्जले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख […]
गोरखा, भदौ २७ गते : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय […]