म्याद थपका लागि विद्यालय नर्स धर्नामा

जनकपुरधाम, मङ्सिर १७ गते ।  मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् । विगत चार वर्षदेखि […]

फार्मेसीमा परिचय र पोसाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं, मङ्सिर १६ गते : नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भन्नुभएको थियो । लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय […]

आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं, मङ्सिर १५ गते : जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । जाडोमा शरीर वा कोठालाई न्यानो बनाइ राख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा […]

दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

काठमाडौं, मङ्सिर १५ गते । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ […]

यौनाङ्गमा आउने मुसा

यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ । यौनाङ्गमा मुसा आउने समस्या निकै पुरानो हो किनकि ‘फादर अफ मेडिसिन’ भनेर कहलिने हिपोक्रेटसको समयमा पनि यस बारेमा उल्लेख छ । त्यसो त हात, खुट्टा र अनुहारमा मुसा आउनु सामान्य नै मानिन्छ । त्यस्तो खालको मुसा दुख्ने खालको हुँदैन र त्यस्तो मुसाको आकारमा कुनै परिवर्तन आएन भने चिन्ता लिनु पर्दैन […]

१९ महिलाको निःशूल्क पाठेघरको शल्यक्रिया

खोटाङ, मङ्सिर १२ गते : खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशूल्क उपचार गराएको छ । पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशूल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीले वडा वडामा पुगेर पाठेघर (आङ) खस्ने समस्या […]

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ, मङ्सिर ११ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर […]

क्षेत्रपाटी चिकित्सालयलाई विद्युतीय सवारी साधन

काठमाडौं, मंसिर ८ गते । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो । विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा […]

भरतपुर क्यान्सर अस्पतालद्वारा सेवा विस्तार

चितवन, कात्तिक २८ गते : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । क्यान्सरको सामान्य जानकारी लिन, परामर्श गर्न, चिकित्सकलाई देखाएर औषधी खानलगायतका समस्या समाधान गर्न नजिकैको अस्पतालमा […]

‘ब्रेन डेथ’ भएकाको अङ्ग अन्यमा प्रत्यारोपण गर्ने तयारी

धरान, कात्तिक २७  गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सोमबार धरान उपमहानगरपालिकामा कार्यकर्तासँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।  मानिसको ‘ब्रेन डेथ’ भई मृत्यु भएको २४ घण्टाभित्र आँखा, मुटु, मिर्गौला, फोक्सो, कलेजो छालालगायतका अङ्ग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल