alliance khabar

बिहिबार, आषाढ १९, २०८२

तनहुँ, असार १९ गते ।

 तीन वर्षपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै गर्भपतन गराउनुपर्ने अवस्थामा टाढा धाउनु पर्ने र शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ ।

बन्दीपुर गाउँपालिका–६ को महिलाको सुरक्षित गर्भपतन गराई सेवा सुरु गरिएको अस्तालले जनाएको छ । उपकरण, उपचार कक्ष व्यवस्थापन, कार्य विधी, ऐन अभावले रोकिएकोमा तीन वर्षपछि निःशुल्क रुपमा सुरक्षित गर्भपत सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. अनिल गिरीले जानकारी दिनुभयो । डा. गिरीले भन्नुभयो, ‘‘अस्पताल स्थानीय तहको जिम्मेवारीमा गएपछि विभिन्न ऐनको अभाव, उपकरण दुरुस्त नहुँनु, उपचार कक्ष नहुँदा रोकिएको हाल सबै व्यवस्थापन गरेर निःशुल्क सेवा सुरु गरेका छौं ।’’ रेडियोलोजिस्टले पारिश्रामिकको भुक्तानी नपाएर भिडियो एक्सरे सेवा रोकिन पुग्दा सुरक्षित गर्भपतन सेवा प्रभावित हुन पुगेको थियो ।

अस्पतालमा वैशाख २४ गतेदेखि सुगर (मधुमेह) का बिरामीका लागि तीन महिनामा एक पटक गरिने परीक्षण सेवा पनि सुरु गरिएको छ । यस सेवाबाट मधुमेहका बिरामीहरूलाई आफ्नो स्वास्थ्यबारे जानकारी लिन सहज भएको छ । ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ । शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क बहिरङ्ग (ओपिडी) सेवा उपलब्ध गराइएको अस्पातलले जनाएको छ । अस्पतालमा हाल नियमित ओपिडी सेवा, भिडियो एक्सरे, ल्याव सेवा, दाँत तथा आँखाको उपचार सेवा दिँदै आएको छ ।

अस्पताले विभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन हुँदै आइरहेको छ । अस्पतालले वैशाख १ गते देखि ३६५ दिन नै बहिरङ्ग सेवा सूचारु गरेको थियो । अस्पतालमा पछिल्लो समय सेवा प्रभावकारी बन्दै गएपछि बिरामी सङ्ख्या पनि ह्वात्तै बढेको छ । बन्दीपुर अस्पतालका अनुसार उक्त अस्पतालमा जेठ महिनामा दुई हजार २४१ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा नियमित ओपिडी सेवा लिनेहरु एक हजार २३९ जना (५५ दशमलव २९ प्रतिशत) र अतिरिक्त ओपिडीका सेवाग्राहीहरु १००२ जना (४४ दशमलव ७१ प्रतिशत) रहेका छन् ।

अस्पतालमा वैशाख महिनामा नियमिति ओपिडी सेवा लिनेको एक हजार ८९ र अतिरिक्त ओपिडी सेवा लिनेको ६१९ जना गरी ओपिडी सेवा लिनेको एक हजार ७०८ जनाले सेवा लिएका छन् । अपतालमा गत जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु भएको छ । अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि भिडियो एक्सरे सेवा प्रदान हुने अस्पतालले जनाएको छ । डा. गिरीले अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालेपछि यहाँ ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको हो ।

शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क ओपिडी सेवा उपलब्ध हुँदा बिरामीलाई उपचारको लागि सहज भएको छ ।

२०२२ सालमा स्थापना भएको अस्पताल हाल १५ शय्याको क्षमता रहेको छ । अस्पतालमा हाल चार जना डाक्टरहरूको टिमले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । दाँत तथा आँखाको उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा, वृद्धा तथा अपाङ र  विपन्नलाई निःशुल्क उपचार, एम्बुलेन्स सेवा, माइनर अपरेशन, फार्मेसी, ल्याब, भिडियो एक्सरे र एक्सरेजस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल