नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, पुस १७ गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ। १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री […]

विद्यार्थी र ज्येष्ठ नागरिकालाई न्यानो कपडा

हिले, पुस १७ गते ।  चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो । पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका […]

बागमती प्रदेशमा मतभारमा कांग्रेस अगाडि, दोस्रो नेकपा

मकवानपुर, पुस १७ गते ।  राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचनको तयारी तीव्र बनाइएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुने भएको छ । रिक्त हुने पदमध्ये एक जनाको नेपाल […]

तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

काठमाडौँ, पुस १७ गते । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनु भयो । आयोगले आज गृह […]

कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौँ, पुस १७ गते।  नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो। वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको […]

सुरक्षाको उचित व्यवस्थापनपछि मात्र निर्वाचन : मुख्यमन्त्री बाँनिया

चौतारा, पुस १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । सरकारले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा उहाँको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा ९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन २०८२ का अवसरमा मुख्यमन्त्री बाँनियाले अफवाह फैलाउने र […]

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ, पुस १७ गते। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ। नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो। सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली  प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने […]

नेपालको राजनीति इतिहासकै कठिन मोडमा छ : नेता भट्टराई

काठमाडौँ, पुस १६ गते । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ। उहाँले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताउनु भएको हो। भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावको रूपमा मात्र हेर्न नहुने उल्लेख गर्नुभयो।  ‘यतिबेला नेपाल राष्ट्र, […]

खालिदा जियाकाे राजकीय बिदाइ

ढाका, पुस १६  गते । बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो । प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा […]

निर्वाचन अधिकृतको कार्यालय स्थापना

माछापुच्छ्रे (कास्की), पुस १६ गते । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल