मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष […]
काठमाडौं, असोज ३ गते । भ्रष्टाचार विरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको अस्थायी सरकारलाई आन्दोलनका मुद्दा सम्बोधन गर्ने दिशामा अघि बढ्न सुझाव दिइएको छ। ूभ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन व्यवस्था र समयमै निर्वाचन […]
फुङलिङ, असो २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनैपनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनैपनि भुक्तानी गर्न […]
मुस्ताङ, असोज २ गते । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु. नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने […]
चन्द्रपुर (रौतहट), असोज २ गते । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमामा उच्च सतर्कता अपनाउँदै समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन दिनुभएको छ । बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौर निरीक्षण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय […]
काठमाडौँ, असोज २ गते । जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा […]
काठमाडौँ, असोज १ गते । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ । काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति […]
काठमाडौँ, असोज १ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ५९ पैसा र बिक्रीदर १४१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा ,युके […]
काठमाडौँ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा […]
काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसैबिच राष्ट्रियसभाले आज […]