बाँकेमा प्रभावित कार्यालयको अनुगमनमा मुख्यमन्त्री आचार्य

बाँके, असोज ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई […]

वडा कार्यालय तोडफोड गरेकाे आरोपमा सात पक्राउ

अछाम, असोज ७ गते । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिनुभयो । वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । […]

अनमोलसँग प्रेमिल आँचल

काठमाडौँ, असोज ७ गते । चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य भिडियोमा […]

मोटरसाइकल दुर्घटनामा परेका युवकको शव १७ दिनपछि फेला

बागलुङ (गलकोट), असोज ७ गते । गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ । गलकोट नगरपालिका– ६ स्थित दरमखोलाको मसरामा फेला परेको शवको स्थानीय तथा परिवारका सदस्यले पहिचान गरेको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका– १ […]

बङ्गलादेशले दिन छाड्यो नेपाललाई जुट

विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् । यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा […]

चलायमान बन्दै पर्यटकीय स्थल

पशुपतिनगर, असोज ७ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । […]

खसीबोकाको मूल्य स्थिर रहने

काठमाडौँ, असोज ७ गते । यसपालिको दसैँमा काठमाडौँ उपत्यका ३५ हजारदेखि चालिस हजार खसीबोका खपत कम हुने अनुमान गरिएको छ । देशमा भएको विषम परिस्थिति र धेरै जना दसैँ मनाउन गाउँमा गएकाले बजारमा माग कम हुँदा खपत घट्ने अनुमान गरिएको हो । यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको यसपालिको दसैँमा […]

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, असोज ७ गते ।  आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी […]

स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, असोज ७ गते ।  हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ७ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ दुई पैसा र बिक्रीदर १६६ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल