नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिको प्रथम जिल्ला परिषद सम्पन्न

काठमाडौँ, भदौ २९ गते । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिको प्रथम जिल्ला परिषद कीर्तिपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय राजन केसी, विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम सम्बन्ध विभाग प्रमुख हरिशरण नेपाली, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाली काङ्ग्रेस […]

पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण

पर्वत, भदौ २९ गते : गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पर्वत जिल्ला अस्पतालका अनुसार बिहिबार रातीसम्म ५ सय ९७ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । ‘अस्पतालको सम्पर्कमा पुगेकाहरुको रेकर्डका आधारमा मात्रै यो संख्या निकालिएको हो,’ पर्वत जिल्ला अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले भन्नुभयो, […]

पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप

फिदिम, भदौ २९ गते : पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको हाे । जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् […]

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

विराटनगर,  भदौ २९ गते : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै […]

सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने

धनगढी, भदौ २९ गते : चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर विविध कारणवश बजेट प्रस्तुत गर्न ढिलाइ भएको स्वीकार्दै भदौ ३१ गते सदनमा बजेट सार्वजनिक गर्ने बताउनुभयो । उहाँले गत असार १ गते […]

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, भदौ २९ गते : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । […]

चक्रपथ बिस्तार अलपत्र ,सास्ती खेप्दै स्थानीय

काठमाडौँ, भदौ २९ गते : चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन । यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो […]

२०८१ भदौ २९ गते – 14, Sep, 2024, शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष […]

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, भदौ २८ गते : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने […]

राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक अवरुद्ध

सल्यान, भदौ  २८ गते : वर्षाले राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार रातीदेखि परेको वर्षाले राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक माथिबाट ठुलो पहिरो गएको र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल