सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ,  भदौ २८ गते :  स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु. तीन हजारले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु. एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५६ हजार तीन […]

कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो

धनगढी, भदौ २८ गते : बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको छ । यसैगरी, जानकी गाउँपालिका–७ स्थित १७ परिवारका ९४ […]

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौँ, भदौ २८ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपियाँ पुरस्कार राशीमा कर नकटाई पुरस्कृत गरिएको हो । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ […]

कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

धनगढी, भदौ २८ गते : दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ । सो केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १०.८० मिटर खतराको तह मानिन्छ । कर्णाली […]

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ,  भदौ २७ गते :  वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौँ सिनामङ्गल बस्ने […]

बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर

खजुरा, भदौ २७ गते : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । नेपालगन्ज मेडिकल शिक्षण अस्पताल नेपालगन्जले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख […]

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

गोरखा,  भदौ २७ गते : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय […]

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ,  भदौ २७ गते :  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा […]

क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु

स्याङ्जा, भदौ २७ गते : स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०-०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको बताउदै उहाँले बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा […]

बालुवाटारमा प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ, भदौ २७ गते : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँहरुबिच संवैधानिक परिषद्को बैठकका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल