न्युयोर्क (अमेरिका), असोज ७ गते : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो । भेटपछि संक्षिप्त प्रतिक्रिया […]
विराटनगर, असोज ७ गते : खुला सीमाको फाइदा उठाउँदै विराटनगरमा भन्सार छलेर भित्र्याएको सामानलाई कानुनी मान्यता दिन बिल काट्ने क्रम बढेको छ । विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिल काट्ने गरिएको रहस्य बाहिरिएको हो । चार साताअघि विराटनगर विमानस्थलबाट यती एयरलाइन्समा कार्गोका रूपमा गएको १० पोका कपडा काठमाडौँमा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बाबा होजियारीले पठाएको […]
म्याग्दी, असोज ७ गते : नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले […]
कालीकोट, असोज ७ गते : जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखा परीक्षणको प्रतिवेदनमा पदाधिकारीको सेवा सुविधामा बिल भर्पाईबिना ६३ लाख ३३ हजार भुक्तानी हुनु नियमितविपरीत भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा पदाधिकारीले मोबाइल र टेलिफोन […]
हेटौँडा, असोज ७ गते : बागमती प्रदेश सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकार बनेको झन्डै दुई महिनापछि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रदेश सभा सचिवालय परिसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको ६७ बुँदे नीतिगत प्राथमिकता […]
न्युयोर्क (अमेरिका), असोज ७ गते : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो । उहाँहरुको भेट राष्ट्रसङ्घका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला […]
ललितपुर, असोज ६ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवस, २०८१ का अवसरमा नेपाली कांग्रेस महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मिस्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै हैन, समावेशी समाज पनि […]
बर्दिवास, असोज ५ गते : नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ। बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ। शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ। तामाको उत्पादन बाह्रैमास हुँदैन। असार दोश्रो सातादेखि बर्दिबासको बुधबारे र शनिबारे […]
काठमाडौँ, असोज ५ गते : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज [पानस]को कार्यक्रममा सहभागी हुन उहाँहरु बेलायत प्रस्थान गर्नुभएको हो । प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा […]