alliance khabar

मंगलबार, मंसिर ११, २०८१

काठमाडौँ, मंसिर १० गते।

नेपालका प्रमुख ठूला ट्रेड युनियनमहासंघहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसीले) ,नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा जेटीयुसिसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा, जमलस्थित राष्ट्रिय नाचघरको सभा हलमा राष्ट्रिय भेला सम्पन्न गरेको छ।

भेलामा आउटसोर्स श्रमिकका समस्या ,योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका समसामयिक विषयहरूमा छलफल भएको थियो।

कार्यक्रममा बोल्ने क्रममा ,संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयुसीसीका अध्यक्ष योगेन्द्रकुमार कुँवर ,जेटियुसीसीका महासचिव लालकुमार लामा ( राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ – अध्यक्ष),नेपाल ट्रेड युनियन महासंघ जि फन्टका अध्यक्ष विनोद श्रेष्ठ ,अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा लगायत १० वटै ठूला ट्रेड युनियनका अध्यक्षहरूले नेपालमा आउटसोर्स श्रमिकका समस्याहरूको सन्दर्भमा महासंघहरूको साझा धारणा रहेको बताउनुभयो।

“नेपालका श्रमिकहरू, विशेष गरी निर्माण, होटल, स्वास्थ्य , शिक्षा ,सुरक्षा, सरसफाई, कृषि लगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू , आउटसोर्सिङको कारणले अत्यन्तै कठिन परिस्थितिमा पर्न थालेका छन्। यी श्रमिकहरूले अधिकांश सेवासुविधा र अधिकारहरू उचित रूपमा उपभोग गर्न पाएका छैनन् । जसले उनीहरूको जीवनयापनमा गम्भीर असर पुर्याउँदै आएको छ।” कार्यक्रममा अध्यक्ष कुँवरले बताउनुभयो।

उहाँले “सरकारले आउटसोर्सिङको नियमहरू कडाइका साथ कार्यान्वयन गर्दै श्रमिकहरूको अधिकार र सेवासुविधाहरू सुनिश्चित गर्न कदम चाल्नु पर्ने , आजको श्रम बजारको आवश्यकता रहेको बताउनुभयो।”

“आउटसोर्सिङको प्रक्रिया प्रायः कर्मचारीलाई प्रत्यक्ष कम्पनीको कर्मचारीको रुपमा राख्न नचाहने, सस्तो र अस्थायी कामदारको रुपमा परिचालन गर्ने रणनीति हो। यसका कारण, धेरै श्रमिकहरू स्वास्थ्य बीमा,अवकाश लगायतका श्रम ऐनले व्यवस्था गरेकाे श्रम अधिकार उपभोग गर्नबाट वञ्चित छन्। यसका साथै, तिनीहरूले नियमित तलब, समयमै भुक्तानी र उचित श्रम अधिकार पनि पाउँदैनन्।” अनटुफका अध्यक्ष जगत सिम्खडाले कार्यक्रममा बताउनुभयो।

“सरकारले श्रमिकहरूको अधिकार सुनिश्चित गर्नका लागि विभिन्न कानून र नीतिहरू बनाएको भएता पनि,आउटसोर्सिङ प्रणालीका कारण ती कानूनी सुरक्षा व्यवस्थाहरु पूर्ण रूपमा लागू हुन सकिरहेका छैनन्।” जीफन्टका अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रममा बताउनुभयो।

कार्यक्रममा १० वटै ठूला महासंघहरूका अध्यक्ष लगायत पदाधिकारीहरु र ती महासंघसँग आबद्ध सघं संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा १० वटै ठूला ट्रेड युनियन महासंघसँग आबद्ध, आउटसोर्स श्रमिकहरूको प्रतिनिधित्व गर्ने संगठनहरूले,नेपालका आउटसोर्स श्रम बजारले सिर्जना गरेको स्थिति,आउटसोर्स श्रमिकको आजको अवस्था लगायतका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो।

राज्यका , श्रमसम्बन्धी नियमनकारी निकायहरूले आउटसोर्सिङ श्रमिकका समस्याहरूलाई हल नगर्ने हो भने, सम्पूर्ण ट्रेड युनियनहरूले सामूहिक आन्दोलनबाटनै श्रमिकका अधिकारहरु स्थापित गरेरै छाड्ने भेलाले निचोड निकाल्यो ।

उक्त कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ- स्वतन्त्रका अध्यक्ष इन्द्रदेव मिश्रले सञ्चालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल