धिमे बाजा संरक्षणमा युवा

म्याग्दी (बेनी), असोज ३० गते । नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै धिमे बाजाको संस्कृति पनि भित्रिएको थियो । दसैँका अवसरमा युवाहरूले बजारमा पहिलो पटक धिमे बाजा प्रदर्शन गरेका छन् । बेनीमा धिमे […]

पशुपति क्षेत्र विकास कोषको निष्कर्ष : धर्मशालामा मोही हक लाग्दैन

काठमाडौँ, असोज ३० गते ।  पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको गौशाला धर्मशालामा कुनै व्यक्ति वा समूहलाई नदिने, गैरनाफामूलक रूपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने जनाएको हो । कोषले मङ्गलबार पत्रकार सम्मेलन गरी कुनै व्यक्ति वा व्यापारिक […]

कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद् अवस्था रहेको बताउनुभयो । ‘‘नेपालमा करिव ६२ प्रतिशत परिवार कृषिमा […]

आज देशभरको मौसम अनुकूल रहने

काठमाडौँ, असोज ३० गते । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र […]

२०८१ असोज ३० गते – 16, Oct, 2024, बुधबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]

२०८१ असोज २९ गते – 15, Oct, 2024, मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ वृष (इ, उ, ए, […]

जिउँदो खसीबोकाको निर्यात बढ्यो

तानसेन, असोज २८ गते । जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् । जिल्लाभरिबाट गतवर्ष १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्र नौँ करोड बढीको खसीबोका […]

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसी-बोकाको कारोबार

जुम्ला, असोज  २८ गते :   जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा-खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपन्क्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी-बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक […]

दुर्घटना घटाउन निःशुल्क खाजासहितको विश्रामस्थल

मन्थली (रामेछाप), असोज २८ गते : दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना घटाउन जिल्लाको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाउँपालिका- ६ माकादुमले यो अभ्यास सुरु गरेका हुन् । असोज ११ र १२ गतेको अविरल वर्षापछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको […]

डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

गण्डकी, असोज २८ गते :  चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल