काठमाडौँ, साउन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगस्त १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ । दिवसमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले संसदीय दलका प्रमुख सचेतक तथा सांसद कवीन्द्र बुर्लाकोटीलाई मूल समारोह समितिको संयोजकको जिम्मेवारी दिएको छ । पार्टीले युवा दिवसलाई भव्य रूपमा मनाउन […]
काठमाडौँ, साउन १७ गते । यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । चलिरहेको इडिएलभिआरएस सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याएको हो । अपडेट गर्न भन्दै साउन १ गतेदेखि सेवा बन्द गरेको विभागले बिहीबारदेखि सुचारु भएको जनाएको छ । यातायात कार्यालयमा सवारी दर्र्ता, नामसारी, सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण तथा नयाँ […]
काठमाडौँ, साउन १७ गते । काठमाडौँ उपत्यकाका नदी किनार सार्वजनिक जग्गामा बसोबास गरेका सुकुमवासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ । काठमाडौँ उपत्यकाका सात होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारका एक हजार ४८८ जनालाई नागरिकताका आधारमा स्थायी बसोबासका लागि उनीहरूकै जिल्लाका स्थानीय तहमा जग्गा दिएर राखिने भएको हो । भूमि समस्या समाधान समितिका प्रमुख नापी […]
सिँजा (जुम्ला), साउन १७ गते । जुम्लाको पातारासी गाउँपालिका–७ स्थित पट्मारागाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्दै गएको छ । स्थानीय संस्कृति, अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । झन्डै १८० घरधुरी रहेको गाउँमा हाल नौ घरमा होमस्टे सञ्चालन भइरहेको छ । २०७८ सालमा हातेमालो नामक […]
काठमाडौँ, साउन १७ गते । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जित्नुभएको छ । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज हात पार्नुभएको हो । प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जित्नुभयो भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित हुनुभयो । ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा […]
काठमाडौँ, साउन १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गएको आर्थिक वर्षमा सन्तोषजनक प्रगति हासिल गरेको बताइएको छ । आव २०८२/८३ मा मन्त्रालयको कुल बजेट ८४ अर्ब ३३ करोडमध्ये ५२ अर्ब २८ करोड रुपियाँ खर्च भएको छ । मन्त्रालयको वित्तीय प्रगति करिब ६२ प्रतिशत र भौतिक प्रगति ७१.३५ प्रतिशत पुगेको छ । शुव्रmबार सम्पन्न आव २०८२/८३ को […]
काठमाडौँ, साउन १५ गते । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) परीक्षा स्थगित भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले मधेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको हो। व्यवस्थापन संकाय, डीनको कार्यालयले पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुन लागेको एमबीएस दोस्रो तहको MKT 511: Marketing Management विषयको […]
डडेलधुरा, साउन १५ गते । सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित नवदुर्गा गाउँपालिका–४ को गिल्लागाउँमाथि एउटा रहस्यमय गुफा रहेको छ । जसले स्थानीयवासी मात्र नभएर त्यहाँ पुग्ने जोकोहीको जिज्ञासा बढाउने गरेको छ । सेती नदीको किनारमा फैलिएको विशाल र सुन्दर फाँटबिच अवस्थित गिल्लागाउँमाथिको डाँडामा रहेको यो गुफालाई स्थानीयले खार गुफा नाम दिएका छन् । यो प्राकृतिक रूपमा बनेको मानिन्छ । गुफाभित्र प्रवेश […]
काठमाडौँ, साउन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित अस्पतालको दुई तले अपरेसन थिएटर भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। उक्त भवन भारत […]
काठमाडौँ, साउन १५ गते । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् । उक्त […]