मितेरी पुलमा अस्थायी बेलिब्रिज निर्माण सुरु

रसुवा, साउन ११ गते । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो । चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । यसअघि शनिबार […]

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि …

अदानचुली (हुम्ला), साउन  ११ गते । कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,“ कामीको जिल्ला […]

मोटर गुड्ने पुल बगेपछि स्ट्रेचरमा बिरामीको उद्धार

फुङलिङ, साउन ११ गते । बाढीलेमोटर गुड्ने  पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति […]

ग्यास चुलोबाट आगलागी हुँदा दुई तला जलेर नष्ट

सिँजा (जुम्ला), साउन ११ गते ।  जुम्ला पातारासी गाउँपालिका–६ मा आइतबार बिहान ग्यास चुलो प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६ः३० बजे अन्दाजी ३६ वर्षीया रणु महताराको तीनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा […]

मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण

माले, साउन ११  गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गर्नुभएको छ । क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारत विरोधी मञ्चमा राष्ट्रपति मोहम्मद मुइज्जुको […]

एक वर्षमा ४५ सवारी दुर्घटना

अछाम, साउन ११ गते ।  पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने […]

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित

काठमाडौँ, श्रावण १० गते । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित हुनुभएको छ। ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित “Trade Union Senior Leaders and Bagmati Province Past Two Years Experience with Upcoming Plan” शीर्षक कार्यक्रमको अवसरमा  पूर्व अध्यक्ष  खगेन्द्र खत्रीलाई दोसल्ला ओडाएर सम्मान गरेको हाे। कार्यक्रममा पूर्व अध्यक्ष […]

मालिकाको दाजुङखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी, साउन १० गते ।   म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ […]

मुख्यमन्त्री लामाद्वारा चार मन्त्रीको पदमुक्त

बागमती, साउन १० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गर्नुभएको हो । मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्नुहुँदै […]

घोल संरक्षण गरी पर्यटकीय स्थल

चितवन, साउन १० गते । भरतपुर महानगरपालिकाको भित्री बस्ती भएर बग्ने दुई वटा घोल संरक्षण गरी नयाँ पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । भरतपुरको गणेशस्थान हुँदै नारायणगढ बजारबाट नारायणी नदीमा मिसिने पुङ्गीखोला र बाइपास पूर्वबाट मध्य बस्ती हुँदै बगेर जगतपुरमा पुग्ने केरुङ्गा घोलको संरक्षण गरी सौन्दर्यीकरण गरिएको हो । यहाँको फाँटमा सहर विकास भएपछि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल