सत्य र सही सूचना सम्प्रेषित गर्न आग्रह

काठमाडौँ, वैशाख २० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ […]

समर्थन मूल्य कम भएको गुनासो

बर्दीबास, वैशाख २० गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि खरिद गरिएको उखुको अधिकांश भुक्तानी सम्पन्न गरेको जनाएको छ । मिलका अनुसार यस सिजनमा ११ हजार ८१८ किसानबाट २८ लाख ५३ हजार १७९ क्विन्टल उखु खरिद गरिएको थियो । सो उखुबाट दुई लाख ६१ हजार ७३८ क्विन्टल चिनी उत्पादन भएको एभरेस्ट चिनी […]

नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो

तनहुँ, वैशाख २० गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सडकको नालीमाथि अनाधिकृत रूपमा निर्माण गरिएका अस्थायी पुल र स्ल्याबहरू अधिकांश स्थानमा हटाइएका छन् । नगरपालिकाले यही वैशाख १५ गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र त्यस्ता संरचना हटाउन आग्रह गरेपछि स्थानीयवासी आफैँले ती संरचना हटाएका हुन् । नगरपालिकाले तोकेको समय सकिनु अघि नै नगर […]

थाहा नगरपालिकामा सोमबार सार्वजनिक बिदा

मकवानपुर, वैशाख २० गते । मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा […]

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, वैशाख २० गते । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह […]

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

काठमाडौं वैशाख २० गते । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले माइतीघर क्षेत्रमा ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ। ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको र्‍यालीमा ठूलो संख्यामा पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ,  वैशाख २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो […]

सबै मिलेर देश बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

स्याङ्जा, वैशाख १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मिलेर देश बनाउनुपर्नेमा जोड दिनुभएको छ । भीरकोट नगरपालिका–१ मा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र स्थानीय तहलाई आदेशभन्दा कानुन परिमार्जन गरेर विकासलाई गति दिन आग्रह गर्नुभयो । आर्थिक स्रोत सीमित भएकाले जनताले अपेक्षा गरेअनुसारको विकास दिन नसकिएको उहाँको भनाइ थियो […]

लिमिटेड हुम्ला शाखाद्वारा ८७ लाखको रैथाने बाली खरिद

हुम्ला, वैशाख १९ गते ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले यस वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपियाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ । रैथाने बालीको प्रवद्र्धन तथा बजारीकरणका लागि लिमिटेडले ती बाली खरिद गरी काठमाडौँ लगेर बिक्री गर्ने गरेको हो । जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट यस […]

केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ, वैशाख १९ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल