जमुनाह (बाँके), मङ्सिर १५ गते । अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ । […]
सिरहा, मङ्सिर १५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित […]
काठमाडौँ, मङ्सिर १५ गते । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक […]
काठमाडौँ, मङ्सिर १५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो […]
काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित […]
काठमाडौँ मङ्सिर १५ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स […]
काठमाडौँ, मङ्सिर १४ गते । जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार साँझ भएको खेलमा काठमान्डु कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै प्लेअफ उन्मुख बनेको हो । जितसँगै लिगमा ६ खेल सकेको काठमान्डुको आठ अङ्क पुगेको छ । […]
काठमाडौँ, मङ्सिर १४ गते। प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो। ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ। सिआइबीले यसअघि गत […]
काठमाडौँ, मङ्सिर १४ गते। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन […]