काठमाडौँ, कात्तिक २६ गते । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च […]
काठेखोला (बागलुङ), कात्तिक २६ गते । मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ । महायज्ञको पाँचौँ दिन मङ्गलबार एक करोड एक लाख ९६ हजार रुपियाँ दान सङ्कलन गरिएको हो । महायज्ञमा दाताहरूले न्यूनतम रकम पाँच हजारदेखि पाँच लाखसम्म दान गरेका छन् । […]
काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]
तम्घास(गुल्मी), कात्तिक २६ गते । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा नम्बर २ को माथिल्लो कोट वस्तीका लागि एक घर एक धारा विपनामा नभई सपनामा मात्रै सीमित […]
काठमाडौँ, कात्तिक २६ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ, कात्तिक २६ गते । कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ । परीक्षण भने थोरैको मात्रै हुने गरेको छ । अहिले किसानले प्रयोग गर्दै आएका १६९ विभिन्न विषादीमध्ये १५० प्रकारका विषादी परीक्षण भएको […]
काठमाडौँ, कात्तिक २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन […]
फिदिम, कात्तिक २५ गते। नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। फाल्गुनन्दको समाधि रहेको शिलौती, उहाँको तपोभूमी लब्रेकुटी, तुम्बेवा याङवरक र फालेलुङको संगमस्थल चरिभञ्ज्याङ, फिदिम ४ को सुम्हात्लुङ गडी र याङनाम सहितका स्थानमा विभिन्न कार्यक्रम गर्दै उहाँको जन्मजयन्ती मनाइएको हो। लब्रेकुटीमा […]
काठमाडौं, कात्तिक २५ गते । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो। आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र […]
चितवन, कात्तिक २५ गते । एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो । नेपाली चलचित्रको इतिहासमा आक्रामक व्यापार गरेको पूर्णबहादुरको सारङ्गीकै गतिमा ‘परान’ चलचित्रले गति लिन थालेको हल सञ्चालकको भनाइ रहेको छ । […]