alliance khabar

बुधबार, कार्तिक २६, २०८२

काठेखोला (बागलुङ), कात्तिक २६ गते ।

 मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ ।

महायज्ञको पाँचौँ दिन मङ्गलबार एक करोड एक लाख ९६ हजार रुपियाँ दान सङ्कलन गरिएको हो । महायज्ञमा दाताहरूले न्यूनतम रकम पाँच हजारदेखि पाँच लाखसम्म दान गरेका छन् । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको महायज्ञका कोषाध्यक्ष सरिता गौतमले बताउनुभयो ।

सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा बेघर मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रमको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देशविदेशमा रहेका बागलुङवासी, संघसंस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेको कोषाध्यक्ष गौतमले बताउनुभयो । मङ्गलबार स्थानीय दातादेखि परदेशमा रहेका सहयोगी मनका धनीहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको आश्रमका संयोजकहरूले जानकारी दिएका हुन् ।

महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रम बागलुङको भवन निर्माणमा लगाईने र १० करोड रुपियाँ बराबरको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । निर्माणाधिन भवनमा हालसम्म करिब पाँच करोड रुपियाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्नका लागि अझै चार करोड रुपियाँको आवश्यकता रहेको अधिकारीले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनको करिब ६० प्रतिशत काम सकिएको र बाँकी ४० प्रतिशत कार्य चैत मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ । भवन निर्माण सम्पन्न भएपछि सो शाखाबाट करिब दुई सय जनालाई आश्रय प्रदान गर्न सकिने जनाइएको छ ।

विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि विसं २०७८ वैशाख २४ गतेदेखि ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल