alliance khabar

मंगलबार, कार्तिक २५, २०८२

काठमाडौं, कात्तिक २५ गते ।

 निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ।

आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकहरू आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने हुँदा उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अधिक चाप देखिएपछि सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ।

दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा दुई सिफ्ट (६–६ घण्टा) का दरले दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाई सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत अतिरिक्त जनशक्ति खटाउने विषयमा गृह मन्त्रालयसँग समन्वय गरिएको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले समयमै योग्य नागरिकहरूको नाम दर्ता सुनिश्चित गर्न सबै तहका निकायलाई सहयोग पुर्‍याउन आग्रह गरेको छ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “नागरिकको सहभागिता लोकतान्त्रिक अभ्यासको आधार हो, त्यसैले योग्य उमेर पूरा गर्ने सबै नेपालीले समयमै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल