काठमाडौँ, कात्तिक २४ गते। डिजिटल माध्यममार्फत सार्वजनिक तथा निजी क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थापना गरेको सो केन्द्रको आज सञ्चारमन्त्री जगदीश खरेलले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री खरेलले सानो कोठाबाट सुरुवात भएको यस केन्द्रले नेपालको एआई क्षेत्रमा ठूलो […]
काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गर्नुभएको छ । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “साथीहरु, […]
वालिङ(स्याङ्जा), कात्तिक २४ गते । स्याङ्जा प्रहरीले ६ महिनाको अवधीमा १२८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । तिनीहरुबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपियाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाए भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक […]
विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश […]
बागलुङ (गलकोट), कात्तिक २४ गते । पछिल्लो एक महिनामा बागलुङमा ६३१ मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ६३१ मतदाता थप भएको निर्वाचन कार्यालय बागलुङका कम्प्युटर अपरेटर उषा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक ५०/६० जनाको दरले मतदाता नामावलीमा नाम लेखाउन आएको बताइएको छ । यो अबधिमा ५१ जनाले त्रुटी […]
सल्यान, कात्तिक २४ गते । सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसानले लगाएका सुन्तलामा विभिन्न रोग फैलिँदै गएपछि किसानहरू चिन्तित बनेका छन् । बोटका पात पहेँलिँदै झर्ने, हाँगा सुक्ने र फल असामान्य रूपमा झर्ने समस्या देखिएपछि सुन्तला खेती सङ्कटमा परेको छ । बागचौर ९ का किसान लोकबहादुर डाँगीका अनुसार गत असार महिनादेखि बगैँचामा रोगको लक्षण देखिन थालेको […]
काठमाडौँ, कात्तिक २४ गते । नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ । उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट […]
दमौली (तनहुँ), कात्तिक २४ गते । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान, ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय […]
विराटनगर, कात्तिक २३ गते । लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो […]
सुलीकोट, कात्तिक २३ गते । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ । नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको र नयाँ […]