alliance khabar

बिहिबार, माघ ०१, २०८२

डडेल्धुरा, माघ १ गते ।

 नेपालका चार वटा धाम मध्येको एक धाम काली नदी किनारमा रहेको परशुराम धाममा मकर सङ्क्रान्तिमा स्नान मेला लाग्ने गरेको छ । यहाँ प्रत्येक वर्ष मकर सङ्क्रान्तिका दिन लाग्ने मेलामा स्नान गर्नेको घुइँचो लाग्ने गर्छ । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका वडा नं ५ परिगाउँस्थित नेपाल भारत सिमा कालीनदी किनारमा रहको परशुराम धाम भगवान परशुरामले ध्यान गरेको हुनाले प्रशिद्ध रहेको छ ।

पुस मसान्तको राती मेला भर्ने एवम् स्नान गर्नेहरु परशुरामधाम पुग्ने गर्दछन । रातिदेखि नै स्नान गरेर फर्किनेहरुको लस्कर देखिन्छ । हिन्दु मान्यताअनुसार भगवान विष्णुका दस अवतारमध्ये परशुराम छैटौँ अवतार भएको विश्वास छ । सप्त ऋषिमध्येका एक जमदग्नीका छोरा परशुराम भएको मानिन्छ । उहाँले शिवको तपस्या गर्नुभयो । भगवान खुसी भएर बन्चरो उपहार दिएको किंवदन्ती छ । त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ ।

विष्णु पुराणमा तपस्या गरेर परशुराम चिरञ्जीवी बन्नुभयो । त्यहाँ उहाँले भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाउनुभएको थियो । भगवान रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ । कालीनदी किनारको बामघाट बनारस सरह पवित्र मानिन्छ ।

मकर सङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराबाट मात्रै १६ वटा शिवालयका देउरा (देउरा भनेका चल देवता अर्थात सुनचाँदीका आभूशणसहित शंक घण्टा, नेजाध्वजा हुन) परशुराध धाम पुगाई स्नान गर्ने प्रचलन रहिआएको छ । खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउरा लगिन्छ । देउराहरू स्नान गर्ने अलग–अलग घाट छन् । देउरालाई देवघाटमा सामूहिक स्नान गराइन्छ ।

त्रेतायुगमा विष्णुको छैटौँ अवतारको रुपमा परशुरामले हैयवंशी क्षेत्रीहरूको २१ पटकसम्म संहार गरेपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख रहेको परशुराम क्षेत्र विकास पूर्व अध्यक्ष पण्डित कैलाश कुमार पाण्डेयले बताउनुभयो । यसका अतिरिक्त सती देवीको पूर्ण अङ्ग पतन भइसकेपछि भगवान शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञसहित द्वार समेत निर्माण गरेको जनविश्वास रहि आएको छ ।

धार्मिक महत्त्वका दृष्टिले धनी परशुरामधाम श्रद्धालुहरूको आकर्षक गन्तव्य बनिरहेको छ । खासगरी माघे सङ्क्रान्तिको बेला यहाँ ठूलो मेला लाग्छ । यो बेला डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, अछाम, बाजुरा, कैलाली, कञ्चनपुरलगायतका स्थानहरु बाट २२ वटा देवताका देउरालाई स्नान गराउन यहाँ ल्याउने चलन पनि छ ।

डडेल्धुराको घटाल बाबा, भागेश्वर, बैतडीको त्रिपुरा सुन्दरी, उदयदेव, दार्चुलाको मालिकार्जुन, डोटीको शैलेश्वरी, अछामको बैजनाथ, शिद्धनाथ, बाजुराको बडिमालिका, कैलालीको घटेश्वर र कञ्चनपुरका बैजनाथ, शिद्धनाथ देवताका देउरा ल्याई धार्मिक बिधिवत रुपमा स्नान गर्ने परम्परा रहेको छ । माघे सक्रान्ति लगायत औँसी, पूर्णिमा, चन्द्र, सूर्य ग्रहणका समयमा पनि देवि देवताका देउरा र देवताका धामिले स्नान गर्ने चलन छ ।

महाकाली नदीमा स्नान गर्नाले शुद्धता प्राप्त हुने भन्ने मान्यता रहिआएको छ । विभिन्न रत्वहरु द्वाारा प्रशोधित भएर महाकाली नदी बग्ने भएकाले त्यसको जल सेतन हुँदा स्वास्थ्यलाई वाद असल उर्जा प्राप्त हुन्छ ।  सङ्क्रान्ति, मसान्ति, औँसी, पूर्णिमा, चन्द्र, सूर्य ग्रहणका समया गरिने स्नानलाई महास्नान भनिने गरेको छ ।

महाकाली नदीको महिमा बराबार अरु कुनै गंगा नदीको भएको कहि पनि उल्लेख नभएको जानकारहरु बताउछन् । महाकाली नदीमा बाँयाबाट निस्केर मिसिने प्रत्येक खोला नदी तिर्थ स्थल हुन् भनि स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरिएको छ । यी स्थानहरुमा साध्य, तर्पण, स्नान गर्नाले कोटी कुलको उद्दार हुने गरेको भन्ने उल्लेखसमेत गरिएको छ ।

करीब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपलको रुखसमेत देख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल