alliance khabar

बुधबार, पुष ३०, २०८२

काठमाडौँ, पुस ३० गते  ।

नेपाली साहित्यको समीक्षा समालोचनामा प्रखर साहित्यकार तथा पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ । उहाँको सोमबार अपराह्न अनामनगरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे ।

७४ वर्षीय उहाँ अल्जाइमर्सबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय उहाँमा स्नायुसम्बन्धी समस्या पनि देखिएको साहित्यकार युवराज नयाँघरेले जानकारी दिनुभयो । उहाँले लामो समयसम्म ‘उन्नयन’ त्रैमासिकको सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । उहाँका अनुसार उन्नयन पत्रिकाले ऋद्धिबहादुर मल्ल विशेषाङ्क, मदनमणिलगायतका महìवपूर्ण अङ्क प्रकाशित गर्ने काम गरेको थियो । यी अङ्कले नै पत्रकारितामा अधिकारीको विशेष पहिचान झल्काउने काम गरेको उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, “साहित्यिक पत्रकारिताका अतिरिक्त उहाँले लामो समय समालोचना, निबन्ध, समीक्षा र विशेष व्यक्तित्वको जीवनीसँग जोडिएका अङ्कको संयोजन गर्ने काम पनि गर्नुभयो । जुन नयाँ पुस्ताका लागि अनुकरणीय कार्य हो । उहाँका ‘विवेचनै विवेचना’ समालोचनासङ्ग्रह प्रकाशित छन् । त्यसबाहेक निबन्ध, कविता र गीत पनि लेख्नुभएको छ । उहाँले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन पनि गर्नुभयो । उहाँको पशुपतिस्थित आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल