गैँडाकोट, कात्तिक २५ गते । नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता […]
काठमाडौँ, कात्तिक २४ गते । मलेसिया सरकारले नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको छ । मलेसिया सरकारले तत्कालका लागि नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी गराएको हो । दूतावासका अनुसार मलेसिया सरकारले सार्वजनिक गरेको निर्णयमा आप्रवासी श्रमिक पर्याप्त भएको र हाललाई आवश्यक नपर्ने उल्लेख छ । मलेसियामा आप्रवासी श्रमिकको सङ्ख्या […]
काठमाडौँ, असोज अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रीय परिषद (ITUC-AP) को महत्वपूर्ण बैठक असोज २२ र २३ गते नेपालमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो। कार्यक्रममा ITUC-AP का सदस्य देशहरू र आवद्ध महासंघहरूका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस, जिफण्ट, र […]
काठमाडौँ,असोज पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting – Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले […]
नवलपुर, भदौ ३१ गते । नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहनुभएको हो । लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उहाँहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहनुभएको छ । हाल […]
काठमाडौँ, भदौ २९ गते । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिको प्रथम जिल्ला परिषद कीर्तिपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय राजन केसी, विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम सम्बन्ध विभाग प्रमुख हरिशरण नेपाली, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाली काङ्ग्रेस […]
काठमाडौँ, भाद्र १४ गते। नेपालमा भवन तथा काष्ठकर्मीहरूको हितका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय भवन तथा काष्ठकर्मी महासङ्घ (BWI) को नेपाल संयोजकको जिम्मेवारी २०२४ देखि २०२५ सम्मका लागि प्रदिप आचार्यलाई प्रदान गरिएको छ। आचार्य नेपाल ट्रेड युनियन कांग्रेस (NTUC)सँग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष हुन्। हार्दिक होटल, बागबजारमा आयोजित एक विशेष कार्यक्रममार्फत […]
काठमाडौँ, भदौ ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो । सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा […]
काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय तहलाई दिइएको छ। उक्त कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरिएको हो। हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने संघीय सरकारले तय गर्ने गरिएको थियो। अब सो मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने जिम्मा दिइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत […]
काठमाडौँ, साउन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो । ‘दिनानुदिन विदेश […]