काठमाडौँ, मंसिर १७गते –
नेपाल ट्रेड युनियन कांग्रेसको सभा हलमा मंसिर १६ गते भएको कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसले मङ्सिर २७, २८ र २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौंमा हुने परिषद्को समय तालिका सार्वजनिक गरेको छ।
कार्यक्रममा आफ्ना भनाइ राख्ने क्रममा “परिषद् सम्पन्न गर्नका लागि सम्पूर्ण संरचनाहरूको महत्वपूर्ण भूमिका रहने छ । परिषद् तयारी मूल समिति पनि गठन गरिएको छ जसको संयोजकत्व नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेन्द्रजंग कार्कीले गर्नुभएको छ। ” अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनुभयो।
“यस परिषद्ले ट्रेड युनियन आन्दोलनको वर्तमान अवस्था र भविष्यका योजना तथा कार्यहरूमा छलफल गर्नेछ।” अध्यक्ष कुँवरले कार्यक्रममा बताउनुभयो।
कार्यक्रममा बोल्ने क्रममा,मङ्सिर २७ गते आयोजित कार्यक्रममा सम्पूर्ण ७७ वटै जिल्लाका,ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्ष र सचिवहरूको उपस्थितिमा संगठनको विषयमा समसामयिक छलफल हुने छ। परिषद् तयारी मूल समिति संयोजक तेजेन्द्रजंग कार्कीले जानकारी दिनुभयो।
मङ्सिर २८ गते नेपाली कांग्रेसका पार्टी सभापति तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम रहेको छ। परिषद् तयारी मूल समिति संयोजक कार्कीले बताउनुभयो।
परिषद्मा नेपाल ट्रेड युनियन कांग्रेसको पछिल्लो महाधिवेशनमा भाग लिनुभएका महाधिवेशन प्रतिनिधिहरू मध्यबाट, अध्यक्ष बाहेक प्रत्येक तीनजना बराबर एक जना जसमा ३३% महिला सहभागिता परिषद् सदस्यको रूपमा रहने छ। २७ वटै आबद्ध संघका अध्यक्ष, ट्रेड युनियन कांग्रेसको सात वटै प्रदेश समिति अध्यक्ष र ट्रेड युनियन कांग्रेसका ७७ जिल्ला अध्यक्षहरु पदेन पार्षद सदस्यका रुपमा रहने विधानले व्यवस्था गरेको छ । संयोजक कार्कीले बताउनुभयो।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव अजयकुमार राई, उपमहासचिवहरू, कोषाध्यक्ष तथा सदस्यहरू र २७ वटै आबद्ध सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले गर्नुभएको थियो।