खतराको घण्टी जलवायु परिवर्तन

गएको मे ११ मा अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक बाढी आयो । लेदोसहितको बाढीले तीन सयभन्दा बढी मानिसको मृत्यु भयो । दुई हजार ११ घर नष्ट भए । दुई हजार आठ सय घर क्षतिग्रस्त भए । त्यसैगरी मे ४ मा ब्राजिलमा भीषण वर्षा भयो । भीषण वर्षापछि आएको बाढीमा ७५ जनाको मृत्यु भयो भने १०३ जना बेपत्ता भए । ८८ हजार […]

खुल्यो मोनालिसाको रहस्य

मोनालिसा विश्वकै प्रसिद्ध चित्रकला हो । यो चित्र कहाँ बनाइएको थियो भन्ने विषय लामो समयसम्म रहस्यमा रह्यो । पाँच सय वर्षपछि यसको रहस्योद्घाटन भएको छ । कलाकार लिओनार्दो दा भिन्चीले बनाएको यो चित्र मोनालिसाको रहस्यमय मुस्कानका लागि परिचित छ । भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले यो चित्र कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी […]

टी-२० विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सेन्ट भिँसेन्ट, असार १० गते । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । सेन्ट लुसियामा सोमबार बिहान भएको खेलमा जितका लागि दुई सय ६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय […]

अमेरिकालाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रिजटाउन बार्बाडोसमा गए राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो। यो जितसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै पूरा गरेको हो। इङ्ल्यान्डका लागि जोस बटलरले ३८ बलमा ६ चौका […]

आज चिनियाँ उपविदेशमन्त्री आउनुहुँदै

काठमाडौँ, असार १० गते । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ […]

महावाणिज्यदूतमा नियुक्त

काठमाडौँ, असार ९ गते । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि सञ्जीवकुमार शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्री परिषद्को बैठकले शर्मा नियुक्त गर्ने निर्णय गरेको हो । शर्मा दशकदेखि अस्ट्रेलियामा रहेर नेपाल र नेपालीको पक्षमा सहयोग गर्दै आउनु भएको छ । उहाँले नेपाल र नेपाली समुदायको हितमा रहेर जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो […]

टी-२० विश्वकप : बङ्गलादेशमाथि भारतको सानदार जित

सेन्ट भिन्सेन्ट, असार ९ गते । बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो । सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले […]

इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या

काठमाडौँ, असार ९ गते । इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ । काल्किल्याका गभर्नर होसम अबु हम्दाले इजरायली विशेष बलहरूले सहरको केन्द्रमा घुसपैठ गरे र दुई युवाहरू यात्रा गरिरहेका गाडीमा आक्रमण गरेको बताउनु भयो । इजरायलले द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्क र पूर्वी जेरुसेलमका विभिन्न […]

उच्च आयात हुने सूचीमा विद्युतीय सवारी

काठमाडौँ, असार ९ गते । विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ । विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको […]

नेपाललाई बङ्गलादेशले दियो १०७ रनको मध्यम लक्ष्य

सेन्ट भिन्सेन्ट, असार ३ गते । नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनायो । बङ्गलादेशका लागि सकिव अल हसनले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल