पेलेको जर्सी ४९ लाखमा बिक्री

न्युयोर्क, साउन २ गते । सन् १९५८ को विश्वकप फुटबल फाइनलमा ब्राजिलका महान् खेलाडी पेलेले लगाएको १० नम्बरको जर्सी ४९ लाख डलरमा बिक्री भएको छ । १७ वर्षीय पेलेले सो खेलमा स्विडेनविरुद्ध ब्राजिललाई जित दिलाउन दुई गोल गरेर विश्वकप फाइनलमा सबभन्दा कम उमेरका खेलाडीले गोल गरेको कीर्तिमान राख्नुभएको थियो । जुन कीर्तिमान अहिलेसम्म भङ्ग भएको छैन । यो विश्व […]

अर्जेन्टिनी राष्ट्रपतिले घरबाटै फाइनल हेर्ने

ब्युनस आयर्स, साउन २ गते । खेलकुदमा अन्धविश्वास एक परम्पराका रूपमा स्थापित भइसकेको छ र फुटबल यसबाट अछुतो छैन । अझ विश्वकपमा अन्धविश्वासको अनेक प्रयोग हुने गरेको छ । अन्धविश्वासबाट उब्जिने आत्मविश्वासले कसैलाई ठुलो बल प्रदान गरिरहेको हुन्छ भने कतिपय यसबाट बर्बाद भएका छन् । यस क्रममा अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेइले बुधबार आफ्नो टिमलाई समर्थन गर्न जुलाई १९ मा […]

पीडाबिच खेल्दै इङ्ग्ल्यान्ड र फ्रान्स

न्युयोर्क, साउन २ गते । विश्वकप फुटबलमा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा कुनै पनि टिमले खेल्न नचाहने खेल हो । फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाबिच दुई टिमले तेस्रो स्थानको खेल्ने गर्दछ । यस पटक फाइनलमा पुग्न असफल भएपछि शारीरिक र मानसिक रूपमा थकित फ्रान्स र इङ्ग्ल्यान्डबिच शनिबार राति कांस्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ । स्पेनसँग […]

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौँ, असार ३१ गते । बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हरायो । स्पेनका जितमा स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयर्जाबलले गोल गर्नुभयो । खेलको सुरुवातदेखि नै बल पोसेसन अब्बल राख्दै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले […]

हेर्नलायक हुने छ इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको सेमिफाइनल

एट्लान्टा (अमेरिका), असार ३१ गते । विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता सबैभन्दा हेर्नलायक मानिन्छ । विश्वकप फुटबल २०२६ मा यी दुई टिमको भिडन्त सेमिफाइनलमा हुँदै छ । दशकौँदेखिको फुटबलमा प्रतिद्वन्द्विता मात्र होइन, यी दुईबिचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ । सन् १९६२ पछि विश्वकपमा यी दुई टिमबिचको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले तीन खेल जितेको छ तर विश्व […]

इजरायल थप श्रमिक लैजान इच्छुक

काठमाडौँ, असार ३१ गते ।  कृषि तथा हेरचाहका क्षेत्रमा थप नेपाली कामदार लैजान इजरायलले इच्छा देखाएको छ । अहिले संस्थागत रूपमा लैजाने गरेकोमा अब व्यक्तिगत रूपमै त्यस्ता कामका लागि नेपाली श्रमिक लैजाने चाहना रहेको नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठसँग मङ्गलबार भेट गर्दै उहाँले […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ३१ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६३ पैसा र बिक्रीदर १५४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

विश्वकपमा सर्वाधिक चर्चा र माया पाएका हालान्ड

मियामी, असार ३० गते ।  विश्वकप फुटबल–२०२६ मा इङ्ग्ल्यान्डसँगको क्वाटरफाइनलमा पराजित भएपछि नर्वेसँगै इर्लिङ हालान्डको यात्रा पनि समाप्त भएको छ । यस हारसँगै हालान्ड गोल्डेन बुटको दौडबाट पनि बाहिरिनुभयो । यस विश्वकपमा सात गोल गरेर हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहनुभएको छ । उहाँभन्दा अगाडि फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनेल मेसी मात्र हुनुहुन्छ […]

विश्वकप २०३० मा ६४ टिम !

न्युयोर्क, असार ३० गते । यस विश्वकपको एउटा विशेषता हो, ४८ टिमको सहभागिता । यो अहिलेसम्मको विस्तारित विश्वकप हो । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा १३ राष्ट्रले भाग लिएका थिए । दोस्रो विश्वकपमा तीन टिम थपेर १६ राष्ट्रले खेलेका थिए । त्यसपछि सन् १९८२ मा भएको विश्वकपमा विश्वकप खेल्ने राष्ट्रको सङ्ख्या २४ पु¥याइयो […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ३० गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५५ पैसा र बिक्रीदर १७५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल